RayNewsDaily
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती   

सुरेन्द्र भण्डारी/ सुरुङ्गा (झापा  झापाको पूर्वउत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जङ्गली हात्तीको समस्या नयाँ विषय होइन बर्सेनि धान, मकै, गहुँ, तोरी, केरा, उखु तरकारी बालीमा हात्तीले पु¥याउने क्षतिका कारण कृषक प्रभावित भएका छन् तथापि, यही चुनौतीका बीच सुपारीखेती भने हात्ती प्रभावित क्षेत्रका कृषकका लागि भरपर्दो नगदेबालीका रूपमा स्थापित हुँदै गएको     
    
 विशेष गरी बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारीखेती विस्तार हुँदै गएको अन्य बालीको तुलनामा हात्तीबाट कम क्षति हुने, वर्षौँसम्म उत्पादन दिने, कम श्रममा राम्रो आम्दानी हुने तथा अन्तरबाली प्रणाली अपनाउन सकिने भएकाले कृषकको रोजाइ सुपारीतर्फ बढेको हो     
    
 बुद्धशान्ति गाउँपालिका का वडाध्यक्ष अनिल वाग्लेका अनुसार एक पटक बगान स्थापना गरेपछि सुपारीले ४० देखि ५० वर्षसम्म उत्पादन दिन सक्छ नियमित सिँचाइ, मल व्यवस्थापन सामान्य हेरचाह गरे पुग्ने भएकाले श्रम लागत अन्य नगदेबालीको तुलनामा कम पर्ने उहाँको भनाइ जसका कारण उत्तरी झापाका कृषक सुपारीखेतीतर्फ आकर्षित छन्     
    
 झापामा सुपारी खेतीको सबैभन्दा ठूलो केन्द्र बुद्धशान्ति गाउँपालिका मानिँदै आएको गाउँपालिकाका वडा नं. , , का किसानको सुपारीखेती घरघरको आम्दानीसँग जोडिएको वडाध्यक्ष वाग्लेका अनुसार गाउँपालिकाका अधिकांश कृषक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुपारीखेतीमा निर्भर छन्     
    
 बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले गाउँपालिकाको ग्रामीण अर्थतन्त्रमा सुपारीखेतीको योगदान उल्लेखनीय रहेको बताउनुहुन्छ उहाँका अनुसार सुपारीबाट नगद आम्दानी हुने भएकाले कृषकको जीवनस्तरमा सुधार आएको वैदेशिक रोजगारीमा जाने युवामध्ये केही यही खेतीतर्फ फर्किन थालेका छन् हात्तीको नियमित ओहरदोहर हुने क्षेत्र भएकाले धेरै कृषकले धान वा मकैभन्दा सुपारीलाई सुरक्षित विकल्पका रूपमा रोजेको गाउँपालिका अध्यक्ष प्रसाईंको भनाइ     
    
अर्जुनधारा मेचीनगरमा विस्तार    
    
 अर्जुनधारा नगरपालिका मेचीनगर नगरपालिकाका वनसँग जोडिएका क्षेत्रमा सुपारीखेती विस्तार भइरहेको स्थानीय कृषि प्राविधिकका अनुसार यी दुई पालिकाका करिब ४० प्रतिशत कृषक कुनै कुनै रूपमा सुपारी उत्पादनसँग आबद्ध छन्     
    
 हात्तीले धान, मकै तरकारीमा ठूलो क्षति पु¥याउने गरे पनि सुपारीका बगानमा तुलनात्मक रूपमा कम नोक्सानी हुने अनुभव कृषकहरूले गरेका छन् यही कारण पछिल्ला वर्षमा नयाँ बगान स्थापना गर्ने क्रम बढेको     
    
 बिर्तामोड, कनकाई, शिवसताक्षी, गौरादह दमक नगरपालिकामा करिब २० प्रतिशत कृषकले सुपारीखेती गर्दै आएका छन् सुपारीका बिरुवाको माग बढेसँगै ती क्षेत्रमा व्यावसायिक नर्सरीसमेत सञ्चालनमा आएका छन् पछिल्लो समय पूर्वपश्चिम महेन्द्र राजमार्ग दक्षिणका कृषकले सुपारीखेती रुचाएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो     
     
 सुपारीखेतीको सबैभन्दा ठूलो विशेषता यसको दीर्घकालीन उत्पादन हो उहाँले भन्नुभयो, “बिरुवा रोपेको केही वर्षपछि नियमित उत्पादन सुरु हुन्छ दशकौँसम्म आम्दानी दिइरहन्छ जसका कारण सुपारीखेतीमा झापाका कृषक आकर्षित हुने गरेका छन् ”    
    
 बुद्धशान्ति का कृषक गजाधर पौडेलले १६ कठ्ठा क्षेत्रफलमा करिब ६०० सुपारीका बिरुवा लगाउनुभएको तीमध्ये करिब ५०० बिरुवाले उत्पादन दिइरहेका छन् उहाँका अनुसार वार्षिक करिब रु दुई लाख ५० हजार बराबरको सुपारी बिक्री हुने गरेको अन्य बालीको तुलनामा सुपारी खेतीमा श्रम कम लाग्ने भएकाले यसबाट राम्रो प्रतिफल प्राप्त भइरहेको उहाँको अनुभव जिल्लाका कतिपय कृषकले ठूलो क्षेत्रफलमा सुपारीखेती गरी वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी गरिरहेको बताइन्छ     
    
सुपारीसँगै अन्तरबाली    
    

 झापाका कृषकले सुपारीको बगानमा अदुवा, बेसार, कफी, केरा, तरकारी, खुर्सानी तथा अन्य नगदेबाली अन्तरबालीका रूपमा उत्पादन गर्दै आएका छन् यसले एउटै जग्गाबाट वर्षभरि विभिन्न स्रोतबाट आम्दानी हुने वातावरण सिर्जना गरेको सुपारीको बोटबीचको खाली स्थान सदुपयोग गर्न सकिने भएकाले उत्पादन लागत घट्ने आम्दानी बढ्ने गरेको     
    
 सुपारीखेती विस्तारसँगै बिरुवाको माग बढेको बुद्धशान्ति, अर्जुनधारा मेचीनगरमा व्यावसायिक नर्सरी सञ्चालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएको वुद्धशान्तिका कृषक आयुष निरौलाका अनुसार सुपारीको नर्सरी सञ्चालन गरेर पनि यहाँका युवाले राम्रो आयआर्जन गरिरहेका छन् आफू स्वयं जापान जान लागेको थिए उहाँले भन्नुभयो, “सुपारीखेती प्रति कृषकको झुकाव देखेपछि आम्दानी गर्न सकिने अठोटका साथ नर्सरी स्थापनामा लागेको हुँ अहिले मनग्य आम्दानी भइरहेको ”    
    
 बुद्धशान्ति का कृषक चुडामणि न्यौपानेले सुपारीको नर्सरी सञ्चालनसँगै स्थानीयस्तरमै सुपारी प्रशोधन गर्दै आउनुभएको आधुनिक प्रशोधन प्रविधिको अभावका कारण गुणस्तरीय उत्पादनमा चुनौती रहेको उहाँको भनाइ     
    
 उहाँले सरकारले प्रशोधन प्रविधि, रोग पहिचान, प्राविधिक सेवा तथा निर्यात प्रक्रियामा सहजीकरण गरिदिए सुपारी नेपालको महत्वपूर्ण निर्यातयोग्य कृषि उपज बन्न सक्ने बताउनुहुन्छ नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०८० असारमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर चार हजार ११९ हेक्टर क्षेत्रफलमा सुपारीखेती गरिएको त्यसमध्ये चार हजार १९ हेक्टर उत्पादनशील क्षेत्र रहेको प्रतिहेक्टर औसत .६४ मेट्रिकटन उत्पादन हुने मन्त्रालयको तथ्याङ्क रहेको     
    
 झापासम्बन्धी पछिल्लो विस्तृत सरकारी तथ्याङ्क उपलब्ध नभए पनि विगतका अध्ययनले जिल्लामा करिब दुई हजार हेक्टर क्षेत्रफलमा सुपारीखेती हुने गरेको देखाएको कृषक व्यवसायीका अनुसार पछिल्ला वर्षमा यो क्षेत्रफल अझ विस्तार भएको     
    
 झापामा सुपारी उत्पादन बढे पनि प्रशोधन बजारीकरणमा भने कृषकले विभिन्न समस्या भोग्दै आएका छन् झापामा सुपारी प्रशोधन गर्ने सहकारी तथा निजी उद्योग स्थापना भए पनि आधुनिक प्रविधि पर्याप्त छैन बुद्धशान्ति स्थित श्रीकृष्ण सुपारी सहकारी संस्थाले वार्षिक करिब ४०० क्वीन्टल प्रशोधित सुपारी बिक्री गर्ने गरेको जनाएको सहकारीका पदाधिकारीका अनुसार बजारको माग स्थिर भए पनि गुणस्तरीय प्रशोधन उपकरण निर्यात सहजीकरणको अभावले प्रतिस्पर्धात्मक क्षमता बढाउन कठिन भइरहेको     
    
 कृषकहरूले भारतलगायतका बजारमा निर्यात प्रक्रियालाई सहज बनाउन तथा आधुनिक सुकाउने मेसिन, ग्रेडिङ प्याकेजिङ प्रविधिमा सरकारी लगानी आवश्यक रहेको बताएका छन् सुपारीखेतीको व्यवसायीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन कार्यक्रम सञ्चालनमा यसअन्तर्गत सिँचाइ, नर्सरी व्यवस्थापन, प्रशोधन उपकरण, कृषक तालिम तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन भइरहेका छन्     
    
 यसअघिएक जिल्लाएक उत्पादनकार्यक्रमअन्तर्गत झापालाई सुपारी उत्पादनको जिल्ला घोषणा गरिएको थियो त्यसपछिएक गाउँएक उत्पादनकार्यक्रममार्फत सुपारीखेती विस्तार गर्ने प्रयास भएको जलवायु, माटो पर्याप्त वर्षाका कारण झापा सुपारी उत्पादनका लागि नेपालको सबैभन्दा उपयुक्त जिल्लामध्ये एक हो हात्ती प्रभावित क्षेत्रमा अन्य बाली बारम्बार नष्ट भइरहेका बेला सुपारीले कृषकलाई स्थिर नगद आम्दानी दिएको     
    
 यद्यपि उत्पादनसँगै प्रशोधन, ब्रान्डिङ, गुणस्तर मापदण्ड, निर्यात तथा कृषि बिमामा प्रभावकारी नीति लागू गर्न सके सुपारी झापाको मात्र नभई नेपालको महत्वपूर्ण निर्यातयोग्य कृषि उपज बन्न सक्ने सम्भावना देखिएको     
बुद्धशान्ति निवासी सुपारी कृषक रामप्रसाद उप्रेतीले ४० वर्ष अगाडि लगाएको सुपारी निरन्तर आम्दानी दिइरहेकाले अहिले आठ बिघा क्षेत्रफलमा सुपारीखेती गर्दै आएको बताउनुभयो यहाँ उत्पादित सुपारी राज्यका तर्फबाट तेस्रो मुलुक पु¥याउन पहल गरिदिने हो भने झापावासीको मुख्य आम्दानीको स्रोत नै सुपारी बन्ने उहाँको भनाइ आफूले पछिल्लो समय बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गरिरहेको बताउनुभयो     
    
 बुद्धशान्ति का कृषक रुद्रबहादुर भण्डारीले सुपारीको विरुवा उत्पादन गरेर अहिले मनग्य आम्दानी गरिरहनुभएको उहाँले भण्डारी मल्टीप्रपोज एग्रो फार्म नै सञ्चालन गरेर सुपारीका बिरुवा उत्पादन बिक्री वितरण गर्दै आउनुभएको     
    
 वन्यजन्तुबाट हुने क्षतिको जोखिम न्यून भएका कारण सुपारीखेती अहिले झापाका हात्ती प्रभावित क्षेत्रका कृषकका लागि केवल वैकल्पिक बाली मात्र होइन दीर्घकालीन आर्थिक सुरक्षाको आधार बन्दै गएको  रासस    

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update