RayNewsDaily
कञ्चनपुरमा ‘डिएपी’ मल अभाव    

महेन्द्रनगर (कञ्चनपुर) । जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका अनुसार यहाँ सहकारीमार्फत किसानलाई मल बिक्रीवितरण भइरहेको भए पनि डिएपी मल अभाव छ ।     
     
कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक हेमराज जोशीले यहाँबाट ४५० मेट्रिक टन डिएपी र ५०० मेट्रिक टन रसायनिक मल युरिया बिक्री वितरण भइसकेको जानकारी दिनुभयो । “हामीसित मौज्दात मल यहाँका १५० सहकारीमार्फत किसानसम्म वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “कञ्चनपुरका लागि हरेक वर्ष गहुँ र धानखेतीका लागि १०-१० हजार मेट्रिक टन डिएपी र युरिया मल आवश्यक पर्छ ।”     
     
कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी प्रतिबोरा रु दुई हजार ३९४ र युरिया रु ९४४ मा बिक्री गरिरहेको जनाएको छ । “हामीले जिल्लाभरि डिलरसिप लिएका सहकारीमार्फत नै भएको मल वितरण गर्दैछौँ”, उहाँले भन्नुभयो, “मल अभाव हुने विषय देशव्यापी समस्या हो । त्यसमा पनि सुदूरपश्चिमको कोटा कम छ ।”     
     
उहाँले वार्षिक करिब ४०० मेट्रिक टन मल अभाव हुने गरेको बताउनुभयो । खुला सीमानाका कारण कञ्चनपुरका विभिन्न स्थानमा भारतबाट समेत फाटफुट रूपमा मल आयात हुने गरेको छ । रासस  

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update