RayNewsDaily
कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण   

म्याग्दी । बेनीजोमसोमकोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको     
    
 बेनीजोमसोमकोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको कैकुखोलामा २० मिटर लामो पक्की पुल निर्माण गरेको हो योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेमकुमार बैठाले पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेका बताउनुभयो     
    
 विसं २०८१ वैशाख ११ मा कैकुखोलाको पुल बनाउन रु पाँच करोड ३४ लाख ६३ हजार ६२४ मा ठेक्का सम्झौता भएको थियो पुलमा पुग्ने पहुँचमार्गको स्तरोन्नतिका साथै बाढी कटान रोकथाम गर्ने संरचना पनि निर्माण भएका छन्     
    
राससका अनुसार  पर्वतको लामढुङ्गादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकासम्म २०२ किलोमिटर बेनीजोमसोमकोरला सडकअन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण भएका छन् लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एउटा पुल निर्माणाधीन सो सडकमा वटाबेलिब्रिजपनि निर्माण भएका छन्     

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update