RayNewsDaily
उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण    

ढोरपाटन (बागलुङ) । यहाँको छेन्तुङ र खाल्डेखुल्डे जोड्ने गरी उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।     
     
सङ्घीय सरकारले विनियोजन गरेको दुई करोड ७७ लाख रुपैयाँमा सो झोलुङ्गे पुल निर्माण गरिएको हो । २८८.४ मिटर लामो झोलुङ्गे पुल बनेपछि ढोरपाटन नगरपालिका-६ को दोगाडी, छालहाल्ना, कुदुम, गाडीखोलालगायत दर्जन बढी गाउँका स्थानीयलाई ढोरपाटन आउजाउ गर्न सहज भएको वडाध्यक्ष उमेश बुढामगरले बताउनुभयो ।     
     
ढोरपाटन नगरपालिका-६ का पानबहादुर विकले पुल बनेपछि गाउँमा विकास आएको अनुभूति भएको सुनाउनुभयो । “यहाँ पुल नहुँदा खोला तर्दा म आफैँलाई कति पटक बगायो, धन्न पौडिन सक्ने हुँदा बाँचे, आइमाइ केटाकेटीहरु पनि बस्छन् तर उनीहरुलाई दुई/तीन घण्टाको घुमाउरो बाटो हिँडेर खोला तर्नु पर्ने अवस्था थियो”, विकले भन्नुभयो, “अब त पुल बन्यो, बेँसी झर्न र बस्तुभाउलाई वारपार गराउन धेरै सजिलो हुने भयो ।”  रासस

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update