RayNewsDaily
सिचाङ पानारोमा २०२६ मा ६ वटा चिनियाँ चलचित्र प्रदर्शन हुँदै

रे समाचार/काठमाण्डू । ९ औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) यही बुधबारदेखि सुरु भएको छ । यस वर्ष ४० देशका चलचित्रहरु प्रदर्शन हुने आयोजकले जनाएको छ ।

0c92b953-8952-408f-be7a-a67c6318c052-1775272109.jpg
यस बर्षको निफमा सिचाङ पानारोमा २०२६ मा चीन सिचाङ स्वायत्त प्रदेशका ६ ओटा चलचित्र र वृतचित्रहरु प्रदर्शन हुने भएको छ । प्रदर्शनीमा pema tseden निर्देशित स्नो लोपार्ड, Lu Qi निर्देशित वारियर किङ, Guo Yifei होम अवे होम क्लोज, ज्याक्वेस मालाटेरा निर्देशित लर्नस फ्रम द टप अफ द वर्ल्ड, Xiao Xiaowai निर्देशित सनराइज ओभर द प्ल्याटु र Zhan Xun निर्देशित वृतचित्र डिस्कभरिङ सिचाङ २०२६ समावेश छन् ।

691d44b2-8c33-497f-8194-b621c7c3809a-1775272131.jpg
प्रदर्शनमा गरिने चलचित्र र वृतचित्रमा चीनको सिचाङको कला, साहित्य, संस्कृति, पर्यावरणलाई देखाइएको निर्देशक Zhan Xun ले जानकारी दिनुभयो । Zhan Xun निर्देशित वृतचित्र डिस्कभरिङ सिचाङ २०२६ मा ६ देशका कलाकारहरुको सिचाङ भ्रमणलाई समेटिएको छ । जसमा नेपाली कलाकार बुद्धि तामाङ, मिस पवि पनि रहनुभएको छ ।

d52fad56-3e26-41cc-b44c-b032bb393d09-1775272154.jpg
हिजोदेखि सुरु भएको प्रदर्शनीमा pema tseden निर्देशित स्नो लोपार्ड छाया सेन्टरको क्युएफएक्समा देखाइएको थियो भने आज Guo Yifei होम अवे होम क्लोज, ज्याक्वेस मालाटेरा निर्देशित लर्नस फ्रम द टप अफ द वर्ल्ड, Xiao Xiaowai निर्देशित सनराइज ओभर द प्ल्याटु नेपाल टुरिजम बोर्डमा देखाइनेछ भने Lu Qi निर्देशित एनिमेटेड वारियर किङ भोलि आइतबार छाया सेन्टरको क्युएफएक्समा देखाइनेछ । सबै चलचित्र हेर्नका निशुल्क व्यवस्था गरिएको छ । यस्तै भोलि नै Zhan Xun निर्देशित वृतचित्र डिस्कभरिङ सिचाङ २०२६ को विशेष प्रदर्शनी हुनेछ ।

e57141ee-3697-4793-8a5c-123fef14803a-(1)-1775272185.jpg
यी प्रदर्शनी सिचाङको विकास, संस्कार र पराम्परालाई नेपालीहरुमा पुर्‍याउन मद्दत गर्ने आयोजकको विश्वास रहेको छ ।सिचाङ पानारोमा २०२६ को यो दोस्रो संस्करण हो ।

f7fe6020-5786-4a3a-a303-e90317446de5-1775272249.jpg
 

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update