RayNewsDaily

 काठमाण्डू । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने भएको छ । त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।     
    
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र यहाँस्थित भारतीय राजदूतावासबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।    
    
परियोजनाअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका-२ मा तेह्रथुमको लालीगुराँस नगरपालिका-२ मा ‘कोल्ड स्टोर’ निर्माण, मुस्ताङको घरपझोङ गाउँपालिका-२ मा जनबल माध्यमिक विद्यालयको भवन, छात्रावास र चमेनागृहको निर्माण, कैलालीको गौरीगङ्गा नगरपालिका-११ मा कालिका प्राथमिक विद्यालय भवन निर्माण गरिनेछ ।    
    
यसैगरी, रौतहटको परोहा नगरपालिका–४ मा प्रसूति केन्द्रको भवन निर्माण, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ मा कस्तुरी माध्यमिक विद्यालय र बाँकेको खजुरा गाउँपालिका–४ मा जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरिनेछ । रासस  
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update