RayNewsDaily
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजार जनाको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा आएको चक्रवात ह्यारीको कारण करिव एक हजार जनाको मृत्यु हुनुका साथै धेरै आप्रवासीहरू बेपत्ता भएको मेडिटेरेनिया सेभिङ ह्युमन्सले जनाएको छ ।

इटालीस्थित राहत संस्था, “मेडिटेरेनिया सेभिङ ह्युमन्स” ले प्रेस विज्ञप्ती जाररुी गर्दै चक्रवात ह्यारीको समयमा लगभग एक हजार मानिसहरु समुद्रमा हराएर मृत्यु भएको हुन सक्ने बताएको हो ।

इटाली, माल्टा, लिबिया र ट्युनिसियाको बिचमा अवस्थित मध्य भूमध्य मार्ग हालैका वर्षहरूमा युरोपमा अनियमित आप्रवासन प्रवाहका लागि सबै भन्दा व्यस्त मार्गहरू मध्ये एक मानिएको छ ।

युरोपेली गैर–सरकारी संस्थाहरूले सामान्यतया उत्तर अफ्रिकाको तटबाट प्रस्थान गरे पछि संकटग्रस्त अवस्थामा परेका आप्रवासीहरूलाई उद्धार गर्ने गरेको जनाइएको छ ।

जनवरी १८-२५ को बिचमा, चक्रवात ह्यारीले इटालीको दक्षिणी तट र माल्टा टापुमा ठुलो क्षति पुर्याएको जनाइएको छ । क्युएनए

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update