उलान बाटोर(मङ्गोलिया) । मङ्गोलियामा सन् २०२६ को जनवरीमा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) का कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले मङ्गलबार जनाएको छ ।
मृतकमध्ये अधिकाशंले रक्सी पिएको एनपिएले विज्ञप्ति मार्फत जनाएको छ ।
चिसोको उच्च जोखिमको समयमा हाइपोथर्मियाको कारण मृत्यु हुनुको मुख्य कारक रक्सीको सेवन भएको एनपिएले जनाएको छ ।
जनवरीको मध्यदेखि, रूसको साइबेरियामा उत्पत्ति भएको चिसो हावा मङ्गोलियाको ठुलो भागहरूमा फैलिए पछि मङ्गोलियाको तापक्रममा गिरावट आएको जनाइएको छ ।
जनवरी २१ मा देशको मौसम विज्ञान विभागका अनुसार उत्तरी मङ्गोलियन प्रान्त सेलेन्जको प्रशासनिक उपविभाग एरु सोममा रातको तापक्रम माइनस ४५।२ डिग्री सेल्सियसमा झरेको जनाइएको छ ।
मङ्गोलियामा चिसो तथा जाडो लामो समयसम्म रहने र तापक्रम माइनस २५ डिग्री सेल्सियस र माइनस ४५ डिग्री सेल्सियसको बीचमा हुने जनाइएको छ । सिन्ह्वा
