RayNewsDaily
चीनको ‘सुनौलो घण्टी साँस्कृतिक समूह’ का ख्यातिप्राप्त कलाकारहरूको भव्य सांगीतिक प्रस्तुति

रमेश हतुवाली/काठमाडौं । चीनको ‘सुनौलो घण्टी साँस्कृतिक समुह’ का ख्याती प्राप्त कलाकारहरुले काठमाडौंमा भव्य सांगितिक प्रस्तुती गरेका छन् ।

Chinese Musical Concern 51693552960.jpg

उपराष्ट्रति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा हिजो साँझ काठमाडौंको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लवमा उनीहरुले चिनियाँ स्वाद र शैलिका विभिन्न सांगितिक प्रस्तुतीहरु गरेका हुन् ।

Chinese Musical Concern 61693552995.jpg

नेपालस्थित चिनियाँ राजदूतावासको प्रायोजन र सुचौ चाईनिज अरकेष्ट्राको आयोजनामा सम्पन्न सो सांगितिक कार्यक्रममा सुन्दर फूल र पूर्णचन्द्र नामक धुन तथा रेशम मार्ग नामक धुन, नेपाली रेशम फिरिरी गीतको धुन, सियानङ नदीमा बसन्त नामक एकल बाँसुरी धुन, कु चङ चिनियाँ सितार बादन, खुन चिनियाँ अपेरा, फीफा धुन, चिनियाँ सहनाइ धुन जस्ता प्रस्तुती मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिएको थियो । 

Chinese Musical Concern 181693553030.jpg

नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र, चाईनिज आर्ट एण्ड इन्टरटेमेन्ट ग्रुप, वल्र्ड कल्चरल नेटा र नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्को सहआयोजनामा सम्पन्न सो साँगितिक समारोहमा मेरो मातृभूमि र युवा नृत्य नामक एकलल गायन, चीनको सिनच्याङ प्रान्तमा लोकप्रीय युवा नृत्य नाम गित समेत प्रस्तुत गरिएको थियो । 

Chinese Musical Concern 81693553062.jpg
समारोहमा झण्डै १५ सय वर्ष पहिलेदेखि हाल प्रयोगमा आएका पछिल्ला साँगितिक बाजाहरुमार्फत विविध प्रस्तुती गरिएको थियो । 

Chinese Musical Concern 121693553084.jpg
सो साँगितिक समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत छन सोङले  हिमाल र नदीहरुले जोडिएका नेपाल र चीन प्राचिनकालदेखिका असल मित्र भएको बताउँनु भयो । राजदूत छन सोङले सभ्याताको सुरुवातदेखिनै यी दुइदेशबीचको सम्बन्ध गहिरो र सहयोगात्क रहँदै आएको बताउनु हुँदै चीनको ‘सुनौलो घण्टी साँस्कृतिक समुह’ का ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतीले नेपाली जनतालाई चीनको साँगितीक क्षेत्रका बारेमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

Chinese Musical Concern 131693553109.jpg
चियाङ याङ, सुन स्रली, रेन चिए, तु लिनयाङ, छन् च्युन, कोङ सुआङ, मियाओ सरयुन, वाङ सियाओ, ल्यु थिङथिङ, फान छाओ लगायतका कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शक तथा कार्यक्रममा सहभागी उच्चपदस्थ महानुभावहरु उत्साही भएका थिए । 

Chinese Musical Concern 161693553142.jpg

Chinese Musical Concern 151693553202.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update