RayNewsDaily
भूमध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता        

रोम । भूमध्यसागरमा ५१ जना आप्रवासी बोकेको डुङ्गा डुब्दा डुङ्गामा सवार यात्रुहरुमध्ये एकजना जीवित रहेको पुष्टि भएको छ भने ५० जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले जनाएको छ ।     
     
जीवितै उद्धार गरएिका व्यक्तीलाई व्यापारी जहाजले उपचारका लागि माल्टाको अस्पतालमा लगेको जनाइएको छ । उहाँका अनुसार उक्त डुङ्गा लिबियाबाट भूमध्यसागरमा आएको थियो भने दुर्घटनाग्रस्त डुङ्गालाई समातेर पानीमा तैरिरहेको अवस्थामा उहाँलाई उद्धार गरिएको थियो ।     
     
Mediterranean-Sea-Detailed-Map-1769424454.jpg
दुर्घटना पछि, तुरुन्तै खोजी तथा उद्धार कार्य सुरु गरिएको भएता पनि अझै ५० जना बेपत्ता रहेको जनाइएको छ ।     
     
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को तथ्याङ्कले यस वर्षको सुरुदेखि भूमध्यसागरमा १४ जना बेपत्ता भई मृत पुष्टि भएको देखाएको छ भने सन् २०२४ मा यो मार्गमा मृत्यु र बेपत्ता हुनेहरूको सङ्ख्या एक हजार ८७३ पुगेको थियो । सिन्ह्वा

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update