RayNewsDaily
आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र    

पर्वत । बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् ।     
     
यो अवधिमा चिसापानी-हुवास-त्रिवेणी-वहाकी-रानीपानी-बर्राचौर २३ किलोमिटर, अर्मादी-खुर्कोट-बनौ सडक १२ किलोमिटर, पातीचौर-देउपुर- भुकदेउराली १२ किलोमिटर, डिमुवा-तिलाहार-राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् ।     
     
पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला-कटुवाचौपारी-मुडिकुवा-फलेवास-ढिक १४ किलोमिटर, हिमालय-विपाङ-नुवार-खनियाँघाट आठ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन् । साथै, सोही अवधिमा मोटर सञ्चालन गर्न मिल्ने २४ वटा पक्की पुल निर्माण भएका छन् । रासस

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update