RayNewsDaily
चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण        

वेन्चाङ, हाइनान । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।     
     
उक्त उपग्रहलाई बेइजिङ समयअनुसार साँझ ८ः३० बजे लङ मार्च-५ वाहक रकेटमार्फत प्रक्षेपण गरिएको हो । प्रक्षेपणपछि उपग्रहले निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको जनाइएको छ । यो उपग्रह मुख्यतः बहु-ब्यान्ड तथा उच्च-गति सञ्चार प्रविधि सम्बन्धी परीक्षण र प्रमाणीकरण कार्यका लागि प्रयोग गरिनेछ ।     
     
यस प्रक्षेपणसँगै लङ मार्च वाहक रकेट श्रृंखलाले आफ्नो ६१८औँ मिशन पूरा गरेको छ । सिन्ह्वा

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update