RayNewsDaily
चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण        

वेनचाङ, हेनान । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च-८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ ।

रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्‍यायो । लङ मार्च-८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा ७ टनसम्मको भार लैजान सक्छ ।  उक्त रकेटले पहिलोपटक पेट्रोलियम आधारित इन्धनको सट्टा कोइला–आधारित नयाँ इन्धन प्रयोग ग¥यो, जुन वातावरणमैत्री, सुरक्षित र सस्तो मानिन्छ ।     

शनिबारको प्रक्षेपण लङ मार्च-८ ए रकेटको पाँचौँ उडान र लङ मार्च श्रृङ्खलाको ६१२औँ प्रक्षेपण हो ।सिन्ह्वा     

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update