RayNewsDaily
सन् २०२७ सम्ममा रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी        
रसिया-युरोप ग्यास लाइन ।

ब्रसेल्स(बेल्जिएम) । युरोपेली युनियनका सांसद तथा सदस्य राष्ट्रहरूले सन् २०२७ सम्ममा युरोपेली युनियनमा रूसी ग्यासको आयातमा प्रतिबन्ध लगाउने सम्झौतामा सहमति जनाएका छन् ।     
     
यो सम्झौताले सदस्य राष्ट्रहरू र युरोपेली संसदबीचको सयुक्त प्रयासलाई सफल बनाएको छ, जसले प्रतिबन्ध चाँडै लगाउन चाहन्थ्यो ।     
     
युरोपेली परिषद्को अध्यक्षतामा युरोपेली संसदका प्रतिनिधिहरूले रूसी प्राकृतिक ग्यासको आयातलाई चरणबद्ध रूपमा हटाउन सम्झौतामा पुगेको युरोपेली परिषद्ले एक विज्ञप्ति मार्फत जनाएको छ ।     
     
यस सम्झौताकोे उद्देश्य “युरोपेली ऊर्जा बजारमा महत्वपूर्ण प्रभाव पार्ने ग्यास आपूर्तिको रूस शस्त्रीकरणपछि रूसी ऊर्जामा निर्भरता अन्त्य गर्नु भएको विज्ञप्तमा उल्लेख छ ।     
     
दीर्घकालीन सम्झौतामा प्रतिबन्ध सन् २०२७ नोभेम्बर १ देखि पाइपलाइनद्वारा ल्याएको ग्यासका र सन् २०२७ जनवरी १, देखि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को लागि लागू हुने जनाइएको छ ।     
     
छोटो अवधिका लागि सन् २०२६ अप्रिल २५ देखि एलएनजी र सन् २०२६ जुन १७ देखि पाइपलाइन ग्यासमा प्रतिबन्ध लगाइएको छ । एएफपी  

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update