RayNewsDaily
२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’   

काठमाण्डू । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्रजेरी अन टप२०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको     
    
यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्येजेरी अन टपगत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतकोबक्सअफिस सिनेपाले जनाएको बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो     
    
 उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ मायाको आफू सदैव आभारी रहने बताउनुभयो उहाँले भन्नुभयो, “चलचित्रजेरी अन टपप्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित हामीलाई वितरकले दिनुभएको व्यावसायिक तथ्याङ्क भने चलचित्र विकास बोर्डको भन्दा बढी यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो ”    

यसअघि गत वैशाखमा प्रदर्शन भएकोऊनको स्वीटरले रु ११ करोड ४१ लाख ८८ हजार ७८० कमाइ गरेको थियो चलचित्रजेरी अन टपमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे उषा खड्गीलगायतका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्नुभएको  रासस   
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update