RayNewsDaily
सुपर टाइफुन रागासाले ताइवानमा ताल फुट्दा १४ जनाको मृत्यु, हङकङ र दक्षिण चीनमा प्रहार        
दक्षिण चीनको हङकङस्थित भिक्टोरिया बन्दरगाहमा तेज हावा र वर्षाको बीचमा एक महिला सेल्फी तस्बिर खिच्दै । तस्वीर : सिन्ह्वा

हङकङ । सुपर टाइफुन रागासाले ताइवानमा दशकौँ पुरानो ताल फुट्दा कम्तीमा १४ जनाको ज्यान जानुका साथै १८ जना घाइते भएका छन् ।     
     
आँधी दक्षिण चीनतर्फ प्रवेश गर्दा बुधबार हङकङ भीषण हावा, मुसलधारे वर्षा र उच्च समुद्री लहरले प्रभावित भयो ।     
     
हङकङमा धेरै ठाउँमा रूख ढले, बाढी आयो र एक उच्चस्तरीय होटलको काँचको ढोका फुटेर लबीमा पानी पस्यो । सहर अझै आँधीबेहरी-स्तरको हावाबाट प्रभावित हुने पूर्वानुमान हङकङ अब्जर्भेटरले जनाएको छ । तटीय क्षेत्रमा पानी सामान्य स्तरभन्दा तीन मिटरभन्दा माथि पुगेको छ ।     
     
मकाउको क्यासिनो क्षेत्रमा पनि व्यापक बाढी देखिएपछि केही क्षेत्रमा बिजुली आपूर्ति काटिएको छ ।     
     
उत्तरी फिलिपिन्समा रागासाले दुई जनाको मृत्यु भइसकेको छ । चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले टाइफुन गुआङडोङ प्रान्तको झुहाई र झानजियाङबीच बुधबार दिउँसो अवतरण गर्ने जनाएको छ ।     
     
चीनका दक्षिणी कम्तीमा १० सहरमा विद्यालय र व्यवसाय बन्द गरिएका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । याङजियाङ सहरमा सडकहरू खाली देखिए भने रेल सेवा स्थगित गरिएको छ ।     
     
Ragasa-typhoon-1758701754.jpgसेप्टेम्बर २४, २०२५ मा खिचिएको यो तस्बिरले दक्षिण चीनको हङकङमा रहेको भिक्टोरिया बन्दरगाहको दृश्य देखाउँछ। हङकङ अब्जर्भेटरीले बुधबार स्थानीय समय अनुसार बिहान २:४० बजे सुपर टाइफुन रागासा घुम्दै गर्दा आँधी संकेत नम्बर १० शीर्ष स्तरको चेतावनी जारी गर्‍यो । जुलाई १० मा विफा आँधी आएपछि यस वर्ष उच्चतम सतर्कता सक्रिय गरिएको यो दोस्रो पटक हो । हङकङले १९६४ पछि एक वर्षमा नम्बर १० संकेत दोहोर्‍याएको छैन । तस्वीर : सिन्ह्वा
हङकङमा क्षति र तयारी     
     
सामाजिक सञ्जालमा प्रमाणित तस्बिरहरू अनुसार धेरै जिल्लामा बाढी आएको छ । ओसन पार्क नजिकैको होटलमा आँधीले काँच फोड्दा पानी पसेको छ । पैदल पुलको टुप्पो भाँच्चिएको र अग्ला भवनहरू हावाले हल्लिएका थिए ।     
     
पचास अस्थायी आश्रयमा सात सय ६० जनाभन्दा बढी शरण लिएका छन् । रेल सेवा खुला खण्डमा बन्द गरिएको छ भने भूमिगत खण्डमा सीमित सञ्चालन भइरहेको छ । विमानस्थलमा सयौँ उडान रद्द भएका छन्, कार्गो उडानहरू मात्रै सञ्चालनमा छन् ।     
     
मङ्गलबार चाई वान जिल्लामा छाल हेरिरहेका पाँच वर्षीय बालक र उनकी आमा समुद्रमा खसेपछि गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । उनीहरूलाई बचाउन दौडिएका ४० वर्षीय बुबा पनि अस्पतालमा भर्ना भएका छन् ।     
     
गभर्नर र अधिकारीहरूले भारी वर्षाले थप क्षति गर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । एएफपी

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update