
रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उच्च गिरावट आएको छ । आजक गिरावटसँगै नेप्से परिसूचक २९०० विन्दुभन्दा तल झरेको छ । आज नेप्से परिसूचक ६३.७३ अंक घटेर २८५८.९० विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १५ अर्ब ९८ करोडको शेयर खरिदबिक्री भएकोमा आज १३ अर्ब ७ करोड ५० लाख ४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ट्रेड टावर र शिवश्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशतले वृद्धि भएको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । सान्भि इनर्जीकाे शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको साढे ७१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको करिब ५९ करोडको शेयर कारोबार भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत घटेको छ।