RayNewsDaily
निन्दा नदीमा झोलुङ्गे पुल निर्माण   

झापा ।  यहाँको मेचीनगर-१५ ज्यामिरगढीस्थित निन्दा नदीमा चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको छ ।

पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ । उक्त स्थानमा पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी-हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा घुम्नुपर्ने बाध्यता थियो ।

पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाण्डू बीच वि.सं. २०७९ असार २२ गते ठेक्का सम्झौता भएको थियो । रासस

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update