रे समाचार/काठमाडौं । शेयर बजार आज उच्च अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३४.४२ अंकले वृद्धि भई २६९४.८२ विन्दुमा पुगेको छ । नेप्सेमा भएको वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ ।
हिजो ७ अर्ब ३ करोड ३० लाखको शेयर किनबेच भएकोमा आज ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज ग्रिन डेभलेपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी नेपाल इन्सुरेन्स कम्पनी र गुराँस लघुवित्तको शेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सिन्धु विकास बैंक र कर्पोरेट डेभलेपमेन्ट बैंकको शेयर ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आइसिएफसी फाइनान्सको डिभेन्चर र वेन नेपाल लघुवित्तको शेयर भने आज ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि एनआरएन इन्फ्रास्ट्रक्चरल एन्ड डेभलेपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५५ करोड ५३ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, साहस ऊर्जा कम्पनीको ४९ करोड ४१ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने सप्तकोसी डेभलेपमेन्ट बैंकको शेयर ३५ करोड रुपियाँको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको शेयर मूल्य वृद्धि भएकोे छ ।