RayNewsDaily
तिब्बती बौद्ध धर्ममा ताली पड्काएर गरिने अनौठो शास्त्रार्थ

रे विेशेष सम्वाददाता/ल्हासा, तिब्बत । तिब्बती बौद्ध धर्ममा ताली पड्काएर बहस गरिन्छ । ताली बजाएर वा दाहिने हातको हत्केलाले देब्रे हातको हत्केलामा ठोकेर गरिने शास्त्रार्थ एक अनौठो र दार्शनिक रूपमा गहिरो बहस-पद्धति हो । यो विशेष गरी तिब्बती बौद्ध धर्मभित्रको गेलुक सम्प्रदायमा प्रचलित छ। यस्तो प्रचलनका सुरुवातकर्ता जे त्सोंगखापा हुन् ।

TB-2-1751221762.jpg
उनले चौधौँ शताब्दीमा यस्तो बहस गर्ने परम्परा तिब्बती बौद्ध विश्वविद्यालयहरू जस्तै सेरा, द्रेपुंग, गन्डेन र अन्य मठहरूमा प्रचलित छ । यस्तो बहसको उद्देश्य दार्शनिक सत्यको अन्वेषण जस्तै बौद्ध दर्शन (विशेष गरी प्रज्ञापारमिता, मध्यमक, तर्कशास्त्र बुझ्न र परख्न गरिन्छ । यसको अर्को उद्देश्य शिष्यहरूले आफ्ना विचारहरू तर्कसंगत रूपमा प्रस्तुत गर्न सकून् भन्ने रहेको छ । यसले मनको एकाग्रता र तर्कशक्ति विकासमा सहयोग पुर्या एर स्मृति, तर्क र चुस्तता बढाउँछ।

TB-3-1751221794.jpg
यसमा एकजनाले उभिएर प्रश्न गर्दै ताली बजाउँछन् भने उत्तरदाताहरु एक वा भन्दा बढी हुनसक्छन्। उनीहरु शान्तसँग बसेका हुन्छन्। प्रश्नकर्ताले उत्तरलाई चुनौती दिने, तर्कहरू खण्डन गर्ने वा थप प्रश्नहरू सोध्ने गर्छन्। प्रश्नकर्ताले प्रश्न सोध्दा दायाँ हात उचाल्छन् र बायाँ हातमा ठोकेर ताली बजाउँछन्। तालीको ध्वनि अनुसार “यो तर्कलाई स्वीकार गर्दिन!“ भन्ने संकेत दिइन्छ । तालीपछि हातको मुद्रा अथवा औँलाले देखाएर तर्कको दिशा निर्देशन गरिन्छ ।

WeChat-Image_20250629223959-1751221849.jpg
यस्तो बहस निकैजोशिलो हुन्छ भने चाल, हावभाव र आवाजले बौद्धिक तनाव सिर्जना गर्छ। उत्तरदाताले शान्त रहने कोशिस गर्छ तर प्रश्नकर्ता निकै आक्रामक हुने गर्छ । बहसका मुख्य विषयहरूमा शून्यता (माध्यमिक दर्शन), कार्य-कारण सम्बन्ध, बौद्ध तर्कशास्त्र आदि हुने गर्छन् । यसले गुरु-शिष्य परम्परालाई बढावा दिन्छ । आफ्ना विश्वासहरू तर्कको कसीमा राखेर परख्ने अवसर प्राप्त हुन्छ । बौद्ध विद्वानहरू बीचको बौद्धिक आदान-प्रदान हुने गर्छ ।

WeChat-Image_20250629224016-1751221886.jpg
बहसको हाउभाउमा, दाहिने हातले करुणा वा विधिलाई प्रतिनिधित्व गर्दछ भने देब्रे हातले बुद्धिलाई प्रतिनिधित्व गर्दछ । ठूलो स्वरमा ताली बजाउँदा बुद्धि र करुणाको मिलन हुन्छ ।

WeChat-Image_20250629224040-1751221919.jpg
 'China Walk Towards Modernization' अन्तर्गत चीनको तिब्बत (Xi Zang) टुर कार्यक्रममा सहभागी हुन ल्हासा पुग्नु भएका नेपाल, भारत, बंगलादेश, कम्वोडिया र मंगोलियाका २० जना सञ्चारकर्मीहरु र चाइना मिडिया ग्रुपका पत्रकारहरु तिब्बती बौद्ध धर्ममा ताली पड्काएर गरिने अनौठो बहसबाट अत्यन्त प्रभावित हुनुभएको थियो । रे टेलिभिजन एचडीका अध्यक्ष प्रकाश बाबु पौडेलले यस किसिमको बहसको धार्मिक तथा साँस्कृति महत्व उच्च भएको बताउनुभयो । 

 

 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update