रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज ३.४० अंकले वृद्धि भई २६५९.२६ विन्दुमा पुगेको छ । नेप्सेको वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ ।
हिजो ११ अर्ब ४४ करोड ३२ लाखको शेयर बजार किनबेच भएकोमा आज १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रूपियाँको शेयर कारोबार भएको छ । आज पियोर इनर्जी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर सकारात्मक सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, कर्पोरेट डेभलेपमेन्ट बैंकको शेयर ८ प्रतिशतभन्दा बढीले र सोल्टी होटल लिमिटेडको शेयर ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अपर हेवाखोला हाइड्रोपावरको शेयर भने आज सर्वाधिक ७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि सानिमा माई हाइड्रोपावर शेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९५ करोड १८ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, न्यादी ग्रुप पावरको ९० करोड ३१ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ५८ करोड ७९ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ६ वटा उपसमूहको मूल्य बढेको छ भने बाँकी सबै उपसमूहको शेयरमूल्यमा गिरावट आएको छ ।