मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो
-1749460800.jpg)
खाँदवारी (सङ्खुवासभा) । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा हालसम्मकै ठूलो तौलको घण्टी चढाइएको छ ।
अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा मन्दिरमा घण्टी चढाउनुभएको हो । घण्टीसँगै काठको घण्टाघर पनि निर्माण गरिएको छ । घण्टी र घण्टाघर करिब रु ३४ लाख लागतमा निर्माण गरिएको हो ।
मन्दिरका पुजारी सूर्यप्रसाद कट्टेलले श्रेष्ठ दम्पतीले चढाएको घण्टी जिल्लाकै सबैभन्दा ठूलो रहेको दाबी गर्नुभयो । जनविश्वासअनुसार, पवित्र मनकामना मन्दिरमा श्रद्धापूर्वक पूजा अर्चना गर्दा भक्तजनहरूको मनोकामना पूरा हुने विश्वास गरिन्छ । रासस
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ १५:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय