RayNewsDaily
शेयर बजारमा गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ११.९७ अंक घटेर २६४६.९५ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबारमा पनि गिरावट आएको छ । हिजो ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रूपियाँको शेयर किनबेच भएको छ । 

आज पनि ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यसैगरी, पियोर इनर्जी लिमिटेडको पनि सकारात्मक सर्किट लेबलमै कारोबार भएको छ । यस अलावा सुपर माई हाइड्रो पावरको ८ प्रतिशत  र सनराइज फोकस्ड इक्वीटी फन्डको ४ प्रतिशतले शेयर वृद्धि भएको छ । कर्पोरेट डेभलेपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ५ प्रतिशतले गिरावट आएको छ । 

कारोबार रकमका आधारमा आज अरुढा काबेली पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड २५ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको २९ करोड ८७ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने न्यादी पावर ग्रुपको २२ करखेड ४९ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज म्युच्युएल फन्ड र व्यापार उपसमूहको शेयर वृद्धि भएको छ भने अन्य ११ उपसमूहको शेयरमा गिरावट आएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update