
रे समाचार/काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजार आज भने सामान्य बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २.५३ अंक बढेर २६७७.३० विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ७ अर्ब ६० करोड ९५ लाखको शेयर कारोबार भएकोमा आज ६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज कारोबारमा आएकामध्ये ५ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ ।
बबढेकामध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी डेभलपमेन्ट र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, गुँरास लघुवित्त वित्तीय संस्थाको शेयर सर्वाधिक घटेर कारोबार भएको छ । सो लघुवित्तको शेयर मूल्य ७.०९ प्रतिशतले घटेको छ भने उपकार लघुवित्तको ४.७९ प्रतिशतले घटेर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज यूनिभर्सल पावर कम्पनीको शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६३ करोड ५८ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ वटा उपसमूहको परिसूचक घटेको छ । वकास बैंक समूहको शेयर आज सर्वाधिक १.७६ प्रशितले बढेको छ ।