RayNewsDaily
अष्ट्रेलियासँगको सम्बन्ध ‘सही मार्गमा’ फर्किएको चीनको भनाइ       

क्यानबेरा,अष्ट्रेलिया । अअस्ट्रेलियाको मुख्य व्यापारिक साझेदार चीनसँगको आर्थिक विवाद ‘सही मार्गमा’ फर्किएको भन्दै बेइजिङले सोमबार अस्ट्रेलियासँगको सम्बन्ध सुधारको प्रशंसा गरेको छ ।    
    
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजसँग वार्ता गर्नुअघि चिनियाँ प्रधानमन्त्री ली
छ्याङलाई क्यानबेराको संसद भवनमा भव्य स्वागत गरिएको थियो ।    
    
सन् २०१७ पछि भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ अधिकारीका रूपमा लीले आफ्नो अष्ट्रेलिया भ्रमणले सम्बन्ध सुधार र स्थिर विकासको सही बाटोमा रहेको बताउनुभयो ।    
    
उहाँले अस्ट्रेलियाली नागरिकलाई चीनमा सीमित भिसामुक्त पहुँच प्रदान गर्ने शाखाको पनि प्रस्ताव गर्नुभयो ।    
    
“हामी सधैँ सहमत हुने छैनौँ, र यदि हामी असहमत भएका बिन्दुलाई मौन छोड्छौं भने त्यो समाधानको बाटो हुनेछैन,” अल्बानिजले भन्नुभयो ।    
    
‘आपसी सम्मान, मतभेद र पारस्परिक फाइदाजनक सहयोगलाई त्यागेर साझा आधार खोज्नु’ सम्बन्धका लागि महत्वपूर्ण भएको चिनियाँ प्रधानमन्त्री लीले आफ्नो अष्ट्रेलिया भ्रमणको सुरुमा बताउनुभयो ।    
    
लीको चार दिने भ्रमणले प्रमुख अष्ट्रेलियाली निर्यातको श्रृङ्खलाविरुद्ध लगाइएका दण्डात्मक उपायहरू हटाउने र यसले चीनको अस्ट्रेलियासँगको व्यापार वृद्धिको सम्भावना बढाउने बेइजिङले विश्वास लिएको छ ।    
    
चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । उसले गत वर्ष प्रमुख वस्तुहरू फलाम, कोइला र खनिज पदार्थसहित आफ्नो निर्यातको लगभग ३० प्रतिशत हिस्सा ओगटेको थियो ।    
    
सन् २०२३ मा दुईतर्फी व्यापार ३२७ अर्ब अष्ट्रेलियन डलर (२१६ अर्ब डलर) पुगेको थियो ।    
    
सन् २०२० मा अतिराष्ट्रवादी चिनियाँ सरकारसँगको कुटनीतिक दरारका कारण चिनियाँ प्रतिबन्धका कारण कोइला, काठ, जौ, गाइका मासुकासाथै वाइनको निर्यातमा समस्या भएको थियो ।    
    
ती प्रतिबन्धहरूले अष्ट्रेलियाली निर्यातकर्ताहरूलाई एक वर्षमा अनुमानित २० अर्ब अष्ट्रेलियाली डलर (१३ अर्ब अमेरिकी डलर) घाटा लागेको थियो । एएफपी

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update