RayNewsDaily
भारतका प्रधानमन्त्री मोदीको शपथ आज

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने हुनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार शपथग्रण गर्नुअघि राजघाटमा गएर महात्मा गान्धीको स्मरण गर्नुभएको छ । उहाँ भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूपछि तेस्रोपटक प्रधानमन्त्री बन्ने दोस्रो नेता हुँदैहुनुहुन्छ ।

आज बिहान राजघाट गएर उनले महात्मा गान्धीको समाधिमा पुष्पाञ्जली अर्पण गर्नुभएको थियो । उहाँले महात्मा गान्धीसँगै पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको समाधिमा पनि पुष्पाञ्जली अर्पण गरेर श्रद्धाञ्जली दिनुभएको थियो ।  मोदी यसअघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त हुनुभएको थियो । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेस गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।  शपथ ग्रहण समारोह आज साँझ सवा ७ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरूले सहभागिता जनाउने भएका छन् ।  निमन्त्रणामा छिमेकी राष्ट्रका सरकार प्रमुखमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन् ।  एजेन्सी

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update