RayNewsDaily
प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा (फोटो फिचर)

रे समाचार/काठमाण्डू । २५६८ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी पुग्नु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोहको आयोजना भैरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २५६८औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै लुम्बिनी बौद्ध महिला समितिका पदाधिकारीसँग सामूहिक तस्बिरमा । तस्बिर : प्रदीपराज वन्त/रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २५६८औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै लुम्बिनी दर्शन गर्न आएका विदेशी पर्यटकसँग सामूहिक तस्बिरमा । तस्बिर : प्रदीपराज वन्त/रासस

बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमहरुमा सहभागी हुन बुधबार लुम्बिनी पुग्नु भएका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गर्नुभएको हो । उहाँले योग र ध्यानका लागि लुम्बिनी आउनुभएका धर्मगुरु, स्वदेशी तथा विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रिया समेत गर्नुभएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update