RayNewsDaily
सुनको मूल्य आकाशियो, तोलामा एक हजार सात सयले बढ्यो

रे समाचार/काठमाडौं ।  स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।    
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सात सयले उकालो लागेर रु एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला रु एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ ।    
    
 त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।    
   

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update