RayNewsDaily
इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसंघ अस्पतालमा पुग्ने       

संयुक्त राष्ट्रसंघ ।  गाजा शहरको अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि संयुक्त राष्ट्रसंघले आफ्नो सहयोगलाई त्यहाँको लक्ष्य बनाउने तयारी गरेको संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले बताएका छन् ।    
    
“मानिसहरूलाई उपचार गर्न र अस्पतालको अवस्था बुझ्न मद्दत गर्न सकियोस् भनी हामी जतिसक्दो चाँडो अस्पताल जाने योजना बनाइरहेका छौँ,” संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भन्नुभयो ।    
    
यसैबीच मध्य गाजास्थित अल अक्सा अस्पतालमा आइतबार डब्लुएचओको एक टोलीले मानवीय सहायता अभियान सञ्चालन गरिरहेको बेला अस्पताल परिसरभित्र रहेको शिविरमा इजरायली हवाई आक्रमण भएको थियो । घटनामा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।    
    
उहाँले इजरायली रक्षा बलले अल शिफा अस्पताल परिसर खाली गरेको भन्ने समाचार आएपछि यो कदम चालिएको बताउनुभएको हो ।    
इजरायली सरकारबाट द्वन्द्व कम गर्न र उचित सुरक्षा आश्वासनको प्रतिक्षा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूुएचओ) ले गरिरहेको प्रवक्ताले बताउनुभयो ।    
    
डब्ल्यूुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेससका अनुसार उनीहरूले प्राप्त गरेको सूचना निकै निराशाजनक रहेको दुजारिकले बताउनुभयो ।    
    
प्यालेस्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएले गाजा प्रवेश गर्ने मानवीय सामग्रीको परिमाणमा कुनै उल्लेखनीय परिवर्तन नभएको वा उत्तरमा पहुँचमा सुधार नआएको जनाएको छ । मार्च १ देखि ३० सम्म दैनिक औशत १५९ सहायता ट्रक गाजा प्रवेश गरेका छन् ।    
    
बिहीबार सबैभन्दा बढी २६४ ट्रक गाजामा प्रवेश गरेका थिए । यो दैनिक ५०० ट्रक सञ्चालन लक्ष्यभन्दा निकै कम रहेको उहाँले बताउनुभयो । सिन्ह्वा    

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update