RayNewsDaily
गाजामा ६०० इजरायली सैनिकको मृत्यु   

जेरुसेलम । इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ ।    
    
इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास लडाकूले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमास विरुद्ध युद्ध सुरु गरेको थियो ।    
    
हमासको आक्रमणमा एक जना २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६०० पुगेको इजरायली सेनाले जनाएको छ ।    
    
यद्यपी यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।    
    
गाजामा चलिरहेको यस भिषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्रसंघ समेत अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम गर्न इजरायल सरकारमाथि दबाब दिइरहेका छन् । एएफपी

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update