RayNewsDaily
तराईमा आज होली पर्व मनाइँदै, सार्वजनिक विदा

रमेश हतुवाली/विराटगनर, २०८० चैत १२ गते सोमबार । फागुपूर्णिमा अर्थात होली पर्व आज तराई/मधेसका जिल्लाहरुमा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । हिजो आईतबार काठमाण्डू उपत्यकासहित हिमाली र पहाडी जिल्लामा सो पर्व मनाइएको थियो ।

Holi Biratnagar 11711340388.jpg

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक तथा सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।


फागुपूर्णिमा अर्थात होली पर्वका दिन आज बिहानैदेखि विराटनगरको मेनरोड, गुद्रीबजारक्षेत्र, तिनपैनी, जोगवनी, कंचनवारी, पुष्पलालचोक, वरगाछी लगायतका स्थानहरुका विभिन्न रंग र होलीका टिसर्ट किन्नेहरुको घुइचो देखिन्थ्यो । त्यसैगरी माछामासु, तरकारी, दूधदही र मिठाई पसलहरुमा चर्को भिड लागेको छ ।

होलीपर्वमा हुन सक्ने अवाञ्छित गतिविधीलाई नियन्त्रण गर्न सुरक्षा निकायले सादा पोशामा समेत प्रशस्त सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । देवकोटा चोक लगायतका केही स्थानहरुमा होली विशेष साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update