RayNewsDaily
अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व भव्य रुपमा मनाईँदै
पोखरा महानगरपालिका-६ केदारेश्वर मन्दिर परिसरमा अवस्थित फेवाताल किनारमा छठ पुजाको दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा गर्दै स्थानीय महिला । तस्बिरः राधिका कँडेल / रासस


रे समाचार/काठमाडौं । सन्तानप्राप्ति, सम्पन्नता, आरोग्यता, सुख र समृद्धिको कामनागर्दै अस्ताउँदो सूर्यलाई अघ्र्य दिईँ आज भव्य रुपमा छठ पर्व मनाईदैछ । 

Chhath_Biratnagar_1700416667.jpg

छठ पर्वको अवसरमा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिईँ काठमाण्डू उपत्यकालगायत देशका विभिन्न भागमा छठ पर्व भव्य रुपमा मनाउनेक्रम चलिरहेको छ । छठ पर्वको दिन वेलुकी अस्ताउँदो सूर्यलाई अध्र्य दिईने र त्यसको भोली पल्ट उदाउँदो सूर्यलाई अध्र्य दिएर व्रत सम्पन्न गर्ने परम्परा अनुसार मानिसहरु आज दिउसैदेखि जलासयतर्फ लागिरहेको दृश्य आजयत्रतत्र देखिन्थ्यो ।

RS-Ktm-20231119165815_RATL90531700416693.jpg

काठमाण्डू उपत्यकाका कमलपोखरी, गुह्यश्वरीस्थित बागमती नदीको किनार, जनकपुरको जनकपुरधाम, विराटनगरको सिंगिया खोला, सुनसरीको सुन्सरी खोला, झापाको मेची र माईनदी, राजविराज, वीरगञ्जको घडिअर्वा पोखरी, नेपालगञ्ज, महेन्द्रनगर, पोखराको फेवातालक्षेत्र लगायत देशभरका नदी, खोला, तालतलैया, पोखरी र नहरका किनाराहरुमा आज लाखौं भक्तजनहरुको घुईचो रहेको छ । श्रद्धालु भक्तजन, ब्रतालु र स्थानीयवासीहरु दिउँसो २ वजेदेखि नै केरा, उखु, नरिवल, मुला, बेसार, ठेकुवा, भोगटे, अदुवालगायतका विभिन्न पूजा सामग्रीहरु बोकेर नदीकिनारा र घाटहरुमा जाँदै गरेको दृश्य देख्न पाईन्थ्यो ।

छठपर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डूको कमलपोखरी र गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजाआराधना र अघ्र्यदान गर्नुभएको छ । देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहीआएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्लचतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी-गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाण्डू उपत्यकाका अन्य स्थानमा पनि भव्य रुपमा मनाउने गरिन्छ । छठको अवसरमा काठमाण्डूको गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र वागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ ।

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधनासहितअघ्र्य दिएका व्रतालु भोलि बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदो सूर्यलाई पूजाआराधनासहित अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।

तराई मधेसमा दशकौंदेखि मनाईदै आएको छठ पर्व पछिल्ला वर्षहरुमा पहाडी क्षेत्रमा पनि भव्य रुपमा मनाउन थालिएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update