भोटेकोशी-त्रिशूली बाढीबाट अभिभावक गुमाएका ५ सय ५० विद्यार्थीलाई चिनियाँ राजदूत छात्रवृत्ति प्रदान गरिदै

काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढीका कारण आमाबुवा वा दुवै अभिभावक गुमाएका बालबालिकाको शिक्षामा निरन्तरता दिन चीन सरकारले एक करोड १० लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ ।

73075ec3-4959-43c5-a829-8cbb31120b89-1795833386.jpg
 

२०२६ चिनियाँ राजदूत छात्रवृत्ति कार्यक्रमअन्तर्गत रसुवा, नुवाकोट र धादिङका ५ सय ५० जना प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीलाई जनही २० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिँदैछ । हालसम्म ३ जिल्ला ३ सय ५८ जनालाई छात्रवृति प्रदान गरिएको छ । प्राकृतिक विपद्ले घर, परिवार र भविष्यका अनेक सम्भावना खोस्न सक्छ । तर विपद्का कारण बालबालिकाको शिक्षा र सपना रोकिनु हुँदैन भन्ने उद्देश्यका साथ चीन सरकारले बाढी प्रभावित बालबालिकाका लागि छात्रवृत्ति सहयोग उपलब्ध गराएको छ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदी आसपास आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका अभिभावक गुमाएका विद्यार्थीलाई लक्षित गरी चिनियाँ राजदूत छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको हो । चीन सरकार बर्सेनि शिक्षा क्षेत्रमा दिँदै आएको छात्रवृत्तिलाई यस पटक भोटेकोशी र त्रिशुली बाढीबाट प्रभावित ३ जिल्लाका विद्यार्थीहरुलाई वितरण गरिएको हो ।

6b3f5077-c6d0-4728-ba16-8a9c275478ff-1795833395.jpg
कार्यक्रमअन्तर्गत प्राथमिक तथा माध्यमिक तहमा अध्ययनरत कुल ५ सय ५० जना विद्यार्थीलाई जनही २० हजार रुपैयाँका दरले छात्रवृति उपलब्ध गराउने निर्णय भएको छ । यसका लागि चिनियाँ दूतावासले कुल एक करोड १० लाख रुपैयाँ विनियोजन गरी नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरेको छ । छात्रवृत्ति वितरणको व्यवस्थापन नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले गरिरहेको छ । यसैक्रममा यही मंसिर ४ गते शुक्रबार नुवाकोटमा ७३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो भने मंसिर ११ गते धादिङमा थप २ सय ८५ जना विद्यार्थीले छात्रवृत्ति वितरण गरिएको छ ।

a47114a1-bda4-4017-ab77-53638218e408-1795833398.jpg
छात्रवृत्ति वितरणका कार्यक्रमा उपस्थित हुँदै नेपालका लागि चीन राजदूत चाङ माओमिङले सो छात्रवृति चीन सरकार र चिनियाँ जनताले बाढी प्रभावित क्षेत्रका विधार्थीहरुप्रति उहाँले देखाउनुभएको आत्मियता भएको बताउनुभयो । बाढी प्रभावित क्षेत्रमा चीनले सरकारले तत्कालै राहत सामग्री, सुरुङ उद्धार विज्ञ, डिएनए परिक्षण लगायतका सामग्रीहरु उपलब्ध गराएको जानकारी दिनुहुँदै राजदूत माओमिङले यसले नेपाल र चीनबीच रहेको मैत्री सम्बन्धलाई व्यवहारमा उत्रारेको बताउनुभयो । २०२६ चिनियाँ राजदूत छात्रवृत्ति कार्यक्रम विपद प्रभावित क्षेत्रको शैक्षिक विकासमा मद्धत गर्न गरिएको व्यावहारिक कदम भएको राजदूत माओमिङले बताउनुभयो । 

6c22ca8e-5ff4-43a6-a46c-50d6fa5e1236-1795833398.jpg
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले चीनले सरकारले विपदको राहत, उद्धार र पुर्नस्थापनाका लागि चीन सरकारले समय उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । चिनियाँ दूतावासले उपलब्ध गराएको २०२६ चिनियाँ राजदूत छात्रवृत्ति कार्यक्रमलाई आगामी वर्षमा पनि जारी राख्न प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो । 

0681caf9-59c0-42b8-8f3d-274bc7f5506f-1795833388.jpg
छात्रवृत्ति वितरणको समन्वयकर्ता नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश चन्द्र शाहले बाढी प्रभावित क्षेत्रका विधार्थीहरुको शिक्षाका लागि चीन सरकारले देखाएको सद्भावका लागि आभार व्यक्त गर्नुभयो । चीनले सरकारले गरेको यो सहयोग सानो देखिएपनि यसले ठुलो राहत दिने उहाँले बताउनुभयो ।

cf268f6e-5330-42ce-9530-4cc48f4104ab-1795833408.jpg
 छात्रवृत्ति वितरण कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, धादिङ, रसुवा र नुवाकोटका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, चिनियाँ दूतावासका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रदान गरिएको छात्रवृत्तिले उनीहरूको अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।

afd645fa-76fb-4554-bf9f-e7ddd03c700b-1795833408.jpg
विपद्पछिको पुनस्र्थापना भौतिक संरचनाको पुनर्निर्माणमा मात्र सीमित नभई प्रभावित परिवारका बालबालिकाको शिक्षा, सुरक्षा र भविष्य सुनिश्चित गर्नुमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अभिभावक गुमाएका बालबालिकालाई लक्षित गरी चीन सरकारले प्रदान गरेको यो सहयोगले उनीहरूको शैक्षिक यात्रामा आर्थिक टेवा पुर्‍याउनुका साथै नेपाल-चीनबीचको मैत्रीपूर्ण सम्बन्ध र शैक्षिक सहकार्यलाई जनस्तरसम्म थप मजबुत बनाउने अपेक्षा गरिएको छ । विपद्ले बालबालिकाको जीवनमा ल्याएको कठिनाइबीच शिक्षाको उज्यालो यात्रा निरन्तर राख्ने प्रयासका रूपमा चिनियाँ राजदूत छात्रवृत्ति कार्यक्रमलाई हेरिएको छ ।

c998d754-2c82-441b-8fc4-db7a1bb953fb-1795833401.jpg

8dcc8bce-162d-4293-8162-490e69abc18c-1795833410.jpg

5a185477-5d6c-4e24-b806-e8723ddbe3a2-1795833403.jpg

ad9a359d-a921-4b67-af3b-8308446bc609-1795833389.jpg

12033b8b-665f-4326-a3c1-cf8887f71982-1795833389.jpg

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update