RayNewsDaily
प्रधानमन्त्री शाहद्वारा पलाञ्चोक भगवतीको दर्शन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ ।

बडादसैँको चौथो दिन आज प्रधानमन्त्री शाह पलाञ्चोक भगवतीको दर्शनका लागि पुग्नुभएको पाँचखाल नगरपालिका-९ का वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

वडाध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री शाह बिहान १० बजे भगवतीको दर्शनका लागि मन्दिर पुग्नुभएको थियो ।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि हुनुहुन्थ्यो । रासस

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update