गगन कुमार थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित
रे समाचार,/काठमाण्डू । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । सो पार्टीको १५ औं महाधिवेशन अन्तर्गत काठमाण्डूमा भएको निर्वाचनमा ६ हजार ५ सय ८४ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो ।
निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो । निर्वाचनमा ७ हजार १३ जनाले मतदान गरेका थिए ।
प्रकाशित मिति: शनिबार, असोज २४, २०८३ ०८:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
