RayNewsDaily
मन्त्रिपरिषद्का चार निर्णय : भूकम्पीय जोखिम न्यूनीकरणदेखि खेलाडीलाई पुरस्कारसम्म
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना । तस्बिर : गोपाल दाहाल/रासस
  • भूकम्पीय जोखिमसम्बन्धी ऋणपत्र सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति ।
  • बिटौरी जग्गा दर्ताका लागि समिति गठन आदेश स्वीकृत ।
  • एसियाली खेलकुदका पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार ।

काठमाडौँ । सरकारले भूकम्पीय जोखिम न्यूनीकरण, बिटौरी जग्गा दर्ता तथा एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नेलगायत चार निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकसँग नेपालको भूकम्पीय जोखिमसम्बन्धी विपद् ऋणपत्र (नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड) सम्बन्धी कार्यादेश सम्झौता (म्यान्डेट एग्रिमेन्ट) मा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार बैठकले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा ‘समिति गठन आदेश, २०८३’ स्वीकृत गरेको छ ।

cabinet22-1791545709.jpg
त्यसैगरी, जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी तथा कराँतेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update