नेपाली कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७ हजार ३१७ प्रतिनिधिले मत हाल्दै
- नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु ।
- ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने ।
- अपराह्न ३ बजेसम्म मतदान, आजै मतगणना हुने ।
रे समाचार/काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।
महाधिवेशनमा सात हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन् । अहिले राष्ट्रियसभा गृहस्थित मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन् ।
त्यस्तै, खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोशी, गण्डकी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गरिरहेका छन् ।
मतदान सम्पन्न भएपछि आजै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३ ०९:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
