RayNewsDaily
कांग्रेस १५औँ महाधिवेशन : सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता
  • राठौरले पार्टी एकताका लागि उम्मेदवारी फिर्ता लिनुभयो ।
  • गगन थापाको आग्रहपछि उम्मेदवारी फिर्ता गरेको भनाइ ।
  • अब थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने ।

रे समाचार/काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

राठौरले आज पत्रकार सम्मेलन गरी विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको र पार्टी सङ्कटमा रहेकाले सभापति गगनकुमार थापाको आग्रहअनुसार पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । 

उहाँले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने धारणा राख्नुभयो ।

यसअघि मङ्गलबार अन्तिम समयमा राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

राठौरले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेस सभापतिका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ । 

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update