- सभापति थापाको राजनीतिक प्रस्तावसहित चार प्रतिवेदन पारित हुने ।
- महाधिवेशन प्रतिनिधिले प्रतिवेदनमाथि धारणा राखे ।
- आज चौथो दिन बन्दसत्र सम्पन्न हुँदै ।
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र सम्पन्न हुँदैछ । बन्दसत्रमा महाधिवेशन प्रतिनिधिले चार वटा प्रतिवेदन पारित गर्ने कार्यक्रम छ ।
बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ ।
यसअघि गत सोमबारदेखि ती प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले निरन्तर धारणा राख्दै आएका सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा सुरेश आचार्यले जानकारी दिनुभयो ।
छलफलमा सातै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि पनि सहभागी हुनुहुन्छ । रासस
