सभापति थापाद्वारा कांग्रेस सभापतिमा पुनः उम्मेदवारी दर्ता -
- गगनकुमार थापाले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभयो ।
- राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता ।
- उम्मेदवारी दर्ताको समय बेलुकी ७ बजेसम्म थप ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पुनः सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँले आज राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पार्टीको निर्वाचन समितिले वर्षाका कारण निर्धारित समय थप गर्दै उम्मेदवारी दर्ताको समय आज बेलुकी ७ः०० बजेसम्म पुर्याएको छ । रासस
प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३ १९:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
