जनजीवनमा ठोस उपलब्धि देखिएन, सरकारको पहलकदमी कमजोर : थापा
- जनताको पक्षमा सरकारको ठोस उपलब्धि नदेखिएको थापाको भनाइ ।
- समस्या समाधानमा सरकारको पहलकदमी कमजोर भएको आरोप ।
- पराजयलाई आत्मसमर्पण नभई सिकाइका रूपमा लिने स्पष्टता ।
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको जनजीवनका पक्षमा सरकारले ठोस उपलब्धि हासिल गर्न नसकेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले विश्वमा देखिएका विभिन्न सङ्कटसँगै नेपालमा देखिएका समस्याको समाधानका लागि सरकारको पहलकदमी कमजोर देखिएको बताउनुभयो ।
उहाँले गत फागुन २१ गतेको निर्वाचनमा आफूहरूले भोगेको पराजय स्वीकार गरेको तर त्यसलाई आत्मसमर्पण नभई सिकाइका रूपमा लिने स्पष्ट गर्नुभयो ।
एमाले संसदीय दलका नेता थापाले पर्याप्त आधारबिना पूर्वउच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गरिएको भन्दै विरोध जनाउनुभयो । उहाँले सुशासन र पारदर्शिताका लागि घोषणा गरिएअनुसार काम हुन नसकेको आरोप पनि लगाउनुभयो ।रासस
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३ १४:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
