जेनजी आन्दोलनका दोषी र भ्रष्टाचारीलाई कारबाही गर्न राप्रपा नेता शाहीको माग
- जेनजी आन्दोलनका दोषीलाई कारबाही गर्न शाहीको माग ।
- भ्रष्टाचारमा संलग्नलाई कारबाहीमा पार्टीको समर्थन रहने ।
- बाढीपीडितलाई राहत र पुनःस्थापनाको व्यवस्था गर्न आग्रह ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनको छानबिन गर्न गठित प्रतिवेदनले दोषी ठहर गरेका तथा भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले अपराधजन्य घटनामा दोषी प्रमाणित भएकालाई कारबाही गरिए त्यसमा आफ्नो पार्टीको समर्थन रहने स्पष्ट गर्नुभयो ।
नेता शाहीले रोजगारीका लागि युवा विदेश जानुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै उद्योग, कलकारखाना तथा स्वास्थ्य संस्थाको विकास गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले बाढीपीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउँदै शीघ्र पुनःस्थापनाका लागि ठोस कार्यक्रम ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३ १४:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
