RayNewsDaily
महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालको जानकारी
  • राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालको जानकारी ।
  • प्रधानमन्त्री शाहको सम्बोधनले जलवायु न्यायमा योगदान पुर्‍याएको भनाइ ।
  • विभिन्न मुलुकका उच्च पदाधिकारीसँग भेटवार्ता र छलफल ।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराउनुभएको छ ।

महासभाको ‘जेनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभएको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान पुर्‍याएको मन्त्री खनालले स्पष्ट गर्नुभयो ।

उहाँले महासभामा सहभागी हुने क्रममा नेपालका तर्फबाट विभिन्न मुलुकका उच्च पदाधिकारी तथा समकक्षीसँग भेटवार्ता एवं छलफल गर्नुका साथै विभिन्न सत्रलाई सम्बोधन गरेको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १३:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update