कांग्रेस महाधिवेशन : ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
- कांग्रेस महाधिवेशनअन्तर्गत ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न ।
- भारी वर्षाका कारण केही स्थानमा अधिवेशन प्रक्रिया प्रभावित ।
- क्षेत्रीय अधिवेशन असोज १३ भित्र सम्पन्न गर्न निर्देशन ।
काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनअन्तर्गत आजसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ ।
विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित भएको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
मौसम विभागले भारी वर्षासम्बन्धी सूचना जारी गरेको अवस्थालाई समेत दृष्टिगत गर्दै पार्टीको निर्वाचन समितिले यही असोज १० गतेका लागि तोकिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अनुकूलताअनुसार सञ्चालन गर्न निर्देशन दिएको छ ।
समितिले क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम असोज १३ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिएको छ । रासस
प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३ १८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
