संसद्मा रास्वपा सांसदको उपस्थिति अनिवार्य, असोज १६ सम्म तालिका तोकियो
- सांसदको नियमित उपस्थिति सुनिश्चित गर्न समूहगत तालिका ।
- आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसद अनिवार्य उपस्थित हुनुपर्ने ।
- समूहमा नतोकिएका सांसद पनि संसद् बैठकमा उपस्थित हुनुपर्ने ।
रे समाचार/काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ ।
मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जारी गर्नुभएको सूचनाअनुसार आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसद तोकिएको तालिकाअनुसार अनिवार्य रूपमा संसद् बैठकमा उपस्थित हुनुपर्नेछ ।
समूह निर्धारण नगरिएका सांसदसमेत संसद् बैठकमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । विशेष अवस्था बाहेक संसद्मा उपस्थिति सबै सांसदका लागि सधैँ बाध्यकारी हुने रास्वपाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३ ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
