RayNewsDaily
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता   

काठमाण्डू । परराष्ट्रमन्त्री शिशिर खनाल फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच भेटवार्ता भएको     
संयुक्त राष्ट्रसङ्घको महासभाका अवसरमा आज न्युयोर्कमा भएको भेटवार्तामा फिनल्यान्डका विदेशमन्त्री भाल्टोनेनले नेपालमा हालैको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको     
    
 परराष्ट्रमन्त्री खनालले फिनल्यान्डका विदेशमन्त्री भाल्टोनेनलाई नेपाल नेपालीप्रति देखाउनु भएको सद्भावप्रति धन्यवाद दिनुभयो     
    
 सो अवसरमा उहाँहरुबीच नेपालफिनल्यान्ड सम्बन्धका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा सहकार्यका विविध विषयमा विचार आदानप्रदान गर्नुभएको थियो साथै, आपसी हितका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत उहाँहरुबीच छलफल भएको थियो  रासस   

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  २३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update