RayNewsDaily
शिक्षामन्त्रीद्वारा शिक्षा नियमावलीको एघारौँ संशोधन चाँडो टुङ्ग्याउन निर्देशन  

काठमाण्डू । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया चाँडो टुङ्ग्याउन निर्देशन दिनुभएको मन्त्रालयका सचिवसहितका पदाधिकारी सचिवालयसँग छलफलमा उहाँले शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्नेगरी काम गर्न निर्देशन दिनुभएको हो     
    
 शिक्षा नियमावलीको दसौँ संशोधन आएदेखिनै सार्वजनिक भएका गुनासालाई सम्बोधन गर्नेगरी मन्त्री पोखरेलले दुई महिनादेखि नियमावलीको एघारौँ संशोधनको काम गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिँदै आउनुभएको     
    
 शिक्षा नियमावलीको दसौँ संशोधनमा भएका कतिपय प्रावधानमाथि असन्तुष्टि आएपछि मन्त्री पोखरेलले सबै सरोकारवालासँग मन्त्रालयमा चरणबद्ध छलफल गर्नुभएको थियो त्यसैगरी सातै प्रदेशमा सरोकारवालासँग शिक्षा संवाद छलफल गरेर राय सुझावई लिइएको थियो     
    
 शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी एवं विज्ञसहितको टोलीले देशभरबाट सुझाव सङ्कलन गरेको थियो शिक्षा नियमावलीको दसौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायतका विषयमा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिनुभएको हो     
    
 शिक्षा नियमावलीको दसौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायत विषयमा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्रालयलाई भनिएको थियो मन्त्री पोखरेलले मन्त्रालयअन्तर्गत थाती रहेका ऐन तथा नियमावली समेत छिटो टुङ्ग्याउने गरी काम गर्न पदाधिकारीलाई निर्देशन दिनुभएको     
    
 मन्त्रिपरिषद्को गत असार १८ गते बसेको बैठकले शिक्षा नियमावली (दसौँ संशोधन), २०८३ स्वीकृत गरेको थियो त्यसअघि २०७७ फागुन गते शिक्षा नियमावलीको नवौँ संशोधन भएको थियो दसौँ संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवालगायत विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको मस्यौदा तयार भइरहेको मन्त्रालयले जनाएको  रासस   

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  २३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update