RayNewsDaily
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता   

न्युयोर्क   परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय यहाँ भेटवार्ता भएको      
    
भेटका अवसरमा नेपाल अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका कार्यहरूलगायतका विषयमा छलफल भएको यहाँस्थित नेपाली नियोगले जनाएको उक्त अवसरमा मन्त्री खनाल उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको थियो       
भेटघाटको अवसरमा परराष्ट्रसचिव अमृतबहादुर राई स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो  रासस   

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update