RayNewsDaily
वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने   

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्नुहुने भएको पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उहाँ तयार हुनुभएको हो     
    
यही असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो विगतमा जात्रा नियमित हुनसकेको थिएन     
    
विसं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः जात्रा सुरु भएको थियो त्यसयता उहाँले २०७९, २०८१ २०८२ मा जिब्रो छेड्नुभएको थियो उहाँले यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लाग्नुभएको हो     
    
विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको कोरोना महामारीका कारणले रोकिएकामा २०७९ सालमा वीरेन्द्रभक्तले पुनः जात्रालाई निरन्तरता दिनुभएको थियो मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ २०६३ मा जिब्रो छेडाउनुभएको थियो     
    
आर्थिक अभावका कारण चल्दै रोकिदै आएको यो जात्रा सञ्चालनमा करिब लाख बढी खर्च हुने गरेको नगरपालिकाले सहयोग गर्नेभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति स्थानीयको खर्च हुने गरेको मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौ व्यक्तिको अगाडि जिब्रो छेडेर जात्रा सुरु हुन्छ जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने प्रचलन     
    
किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत पिशाचले आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न एक जनालाई जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो त्यसपछि भूतप्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाइ     
    
भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडिन्छ पशुपतिनाथसम्मको यात्रा गर्दै पुनः बालकुमारी मन्दिर पुगी सियो निकाल्ने परम्परा उक्त जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको  रासस   

 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ०८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update