RayNewsDaily
रास्वपाको आह्वानमा भोलि सर्वदलीय बैठक, विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठनबारे छलफल हुने
  • रास्वपाको आह्वानमा भोलि सर्वदलीय बैठक बस्दै ।
  • विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठनबारे छलफल ।
  • बैठकमा शीर्ष नेतृत्व सहभागी हुने ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा भोलि सर्वदलीय बैठक बस्ने भएको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा शीर्ष नेतृत्वको सहभागिता रहने रास्वपाले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  २०:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update